मिश्रको कडा प्रश्न : स्थापितलाई भोट हाल्नेका घरमा छोरीबेटी छैनन् ?

नेपाल भ्युज

मिश्रको कडा प्रश्न : स्थापितलाई भोट हाल्नेका घरमा छोरीबेटी छैनन् ?

काठमाडौं । नेकपा एमालेबाट काठमाडौंको मेयरमा उठेका केशव स्थापितप्रति विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र खनिएका छन्।

स्थापितको अभिव्यक्तिप्रति मिश्रले निकै कडा टिप्पणी गरेका छन्। स्थानीय निर्वाचनअघि एक कलेजले गरेको कार्यक्रमको प्रसंग झिक्दै मिश्रले सुसंसकृत राजनीतिक समाज भएको देशमा हो भने स्थापितको मेयर सपना मात्र नभई राजनीतिक यात्रा नै समाप्त हुने टिप्पणी गरेका छन्।

स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजले १५ वैशाखमा आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका थिए।

काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मीटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्।

तर मिश्रले आज सामाजिक सञ्जालमा लेखेका छन्- तिनैलाई नेपालको सबैभन्दा धेरै शिक्षित र बौद्धिक र पेशाकर्मीहरू बस्ने शहरले ३८ हजारभन्दा बढी भोट दियो। के ती मतदाताको घरमा छोरीबेटी छैनन् ? के भएको यो समाजलाई ? कोही विज्ञरपत्रकारले विश्लेषण गरिदिए हुन्थ्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved