निजगढ विमानस्थलबारे बाबुराम भट्टराईको प्रतिक्रिया : सर्वोच्चले अर्को बञ्चरो प्रहार गरेछ ! लज्जित छु

भट्टराईले आफूले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दा काठमाडौं–तराई फस्टट्र्याक र निजगढ विमानस्थललाई संयुक्त रुपमा एक नम्बरमा राखेको पनि स्मरण गरे। उनले बुढीगण्डकी जलाशययुक्त विद्युत परियोजनालाई २ नं महत्वको भनेको पनि बताए।

नेपालभ्युज

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको आदेश आएपछि आफू लज्जित भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले देश विकास हुन किन सकिरहेको छैन भन्ने कुरा निजगढबारे सर्वोच्चको फैसलापछि बल्ल बुझिरहेको बताए। उनले सर्वोच्चको उक्त फैसलाबाट आफू लज्जित भएको पनि उल्लेख गरे।

भट्टराईले आफूले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दा काठमाडौं–तराई फस्टट्र्याक र निजगढ विमानस्थललाई संयुक्त रुपमा एक नम्बरमा राखेको पनि स्मरण गरे। उनले बुढीगण्डकी जलाशययुक्त विद्युत परियोजनालाई २ नं महत्वको भनेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved