तुलसीपुर उपमहानगर : ३१७० मत गन्न बाँकी हुँदा एमालेलाई ३३६६ मतको अग्रता

तुलसीपुरमा एमालेले शुरुआतदेखि अग्रता लिँदै आएको छ। उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी नौ हजार २०१ मतान्तरले अघि छिन्।

नेपालभ्युज

तुलसीपुर उपमहानगर : ३१७० मत गन्न बाँकी हुँदा एमालेलाई ३३६६ मतको अग्रता

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ।

अब तीन हजार १७० मत मात्रै गन्न बाँकी छ। अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा एमालेका टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन्।

खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन्।

तुलसीपुरमा एमालेले शुरुआतदेखि अग्रता लिँदै आएको छ। उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छिन्।

चौधरीले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन्। चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्दा रानाले २० हजार १४४ मत प्राप्त गरेका छन्।

उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ। अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ।

तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो। तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved