विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथबीच सम्झौता

नेपाल विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच सम्झाैता भएकाे छ। 

नेपालभ्युज

विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथबीच सम्झौता

काठमाडौं। नेपाल विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच सम्झाैता भएकाे छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विश्वभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको इन्स्टिच्यूटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरे।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्नेछन्। नेपालको जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ।

मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्थाहरु इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्याउन आग्रह गरिन्। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved