मतदानको ११ दिनपछि त्रियुगामा शुरु भयो गणना

मतदान भएको ११ दिनपछि मंगलबार उदयपुरकाे त्रियुगा नगरपालिकामा मतगणना शुरु भएको छ।

नेपालभ्युज

मतदानको ११ दिनपछि त्रियुगामा शुरु भयो गणना

काठमाडौं। मतदान भएको ११ दिनपछि मंगलबार उदयपुरकाे त्रियुगा नगरपालिकामा मतगणना शुरु भएको छ।

बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरेपछि मतगणना स्थगित गरिएकाे थियाे। निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएपछि मतगणना शुरु गरिएकाे निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए।

त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएकाे थियाे। विवाद साम्य हुन नसक्दा मतदान नै स्थगित भएको थियो।

त्रियुगामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत साझा उम्मेदवार छन्। तर एकीकृत समाजवादीबाट बलदेव चौधरी पनि मेयरमा उठेका छन्। एमालेबाट भागवत राउत र राप्रपाबाट हरिबहादुर राउत मेयरमा उठेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved