मलाई हराउने विपक्षीको योजना असफल भयो : रेनु दाहाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले आफूलाई हराउन खोज्ने विपक्षीहरुको योजना असफल भएको बताएकी छिन्।

नेपालभ्युज

मलाई हराउने विपक्षीको योजना असफल भयो : रेनु दाहाल
फाइल तस्वीर

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले आफूलाई हराउन खोज्ने विपक्षीहरुको योजना असफल भएको बताएकी छिन्।

जितपछि मंगलबार पत्रकारहरुसँगको संक्षिप्त कुराकानीका क्रममा उनले गठबन्धनभित्र चुनौती भए तापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताइन्। पाँचदलीय गठबन्ध लामो समय टिक्ने उनकाे भनाइ छ।

‘‘रेनुलाई हराउने विपक्षीहरुको योजना असफल भएको छ’’, उनले भनिन्, ‘भरतपुरवासीलाई निराश हुन दिने छैन।’’

एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार बढी मतान्तरले पराजित गर्दै भरतपुर महानगरको मेयरमा निर्वाचित रेनुले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved