गड्डाचौकी नाका बन्द हुने

गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने प्रजिअ भण्डारीले बताए।

नेपालभ्युज

गड्डाचौकी नाका बन्द हुने
फाइल तश्वीर

कञ्चनपुर। भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही १४ जेठ बेलुकी ५ बजेदेखि १७ जेठ बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो।

गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने प्रजिअ भण्डारीले बताए।

सो अवधिमा स्वास्थ्योपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमति प्राप्त हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved