भरतपुरको मेयरमा विजयमाथि रेनुको झन्डै १० हजार मतको अग्रता

जारी मतगणनामा महानगरको मेयर पदमा सत्ता गठबन्धन तथा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तरका साथ अग्रता कायम राखेकी छन्।

नेपालभ्युज

भरतपुरको मेयरमा विजयमाथि रेनुको झन्डै १० हजार मतको अग्रता

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा सोमवार बिहानसम्ममा १ लाख ६ हजार ८७९ मत गणना भएको छ। जारी मतगणनामा महानगरको मेयर पदमा सत्ता गठबन्धन तथा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तरका साथ अग्रता कायम राखेकी छन्।

उनले ४३ हजार ६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३ हजार २३९ मत पाएका छन्। सुवेदीभन्दा दाहाल ९ हजार ८२२ मतले अगाडि छिन्।मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २६६ मत ल्याएका छन्। कांग्रेस सहितको गठबन्धनले मेयर पदमा दाहाललाई उठाएपछि पौडेल कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए।

यस्तै महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत ल्याइन्। गुरुङसँग अधिकारीले १८ हजार २६९ मतको अग्रता कायम राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved