बाँकेको कोहलपुरमा प्रमुख-उपप्रमुखसहित नाै वडामा कांग्रेसकाे जित

बाँकेको कोहलपुर नगरपालिकाकाे प्रमुख-उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपालभ्युज

बाँकेको कोहलपुरमा प्रमुख-उपप्रमुखसहित नाै वडामा कांग्रेसकाे जित

राँझा। बाँकेको कोहलपुर नगरपालिकाकाे प्रमुख-उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन्। आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार ७२५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएकाे निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए।

पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ ओटा वडा जितेको छ। एमालेले वडा नं ३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved