मनोज पाण्डेले दुर्व्यवहार गरेको भन्दै अर्की युवती पनि प्रहरीको सम्पर्कमा

आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका आयोजक मनोज पाण्डेमाथि अर्की एक युवतीले पनि दुर्व्यवहारको आरोप लगाएकी छन्।

नेपालभ्युज

मनोज पाण्डेले दुर्व्यवहार गरेको भन्दै अर्की युवती पनि प्रहरीको सम्पर्कमा

काठमाडौं। आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका आयोजक मनोज पाण्डेमाथि अर्की एक युवतीले पनि दुर्व्यवहारको आरोप लगाएकी छन्।

पाण्डेबाट दुर्व्यवहारमा परेको भन्दै थप अर्की एक युवती उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा पुगेकी हुन्। अन्य दुईजनाले पनि पाण्डेले दुर्व्यवहार गरेकाे भन्दै सम्पर्क गरेकाे प्रहरी स्राेतले जनाएकाे छ।

पाण्डेलाई शनिबार प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको थियो। उनीमाथि एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। ती युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्षअघि आफू १६ वर्षको हुँदा आयोजक पाण्डेले काठमाडौंको एक होटलमा बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी हुन्।

सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा सहभागी ती युवतीले आयोजकले आफ्नो नाङ्गो फोटो खिचेर ब्लाकमेलिङ गर्दै ६ महीनासम्म बलात्कार गरेको बताएकी छन्। घटना सार्वजनिक भएपछि आरोपीलाई पक्राउ गरी कारबाही गर्न सडकदेखि संसद्‍सम्म आवाज उठेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved