बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७०० रुपैयाँले बढेको हो।

नेपालभ्युज

बढ्यो सुनको मूल्य

काठमाडौं। साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। अ

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved