भरतपुरमा ६१ प्रतिशत मतगणना सम्पन्न, रेनुलाई ६ हजार मतको अग्रता

नेपालभ्युज

भरतपुरमा ६१ प्रतिशत मतगणना सम्पन्न, रेनुलाई ६ हजार मतको अग्रता

चितवन। भरतपुर महानगरपालिकामा ६१ प्रतिशत मतगणना सम्पन्न भएको छ। यहाँ कुल एक लाख २७ हजार ५६६ मत खसेकोमा ७८ हजार ३१५ मत गनेर सकिएको छ।

अहिलेसम्म रेनुले ६ हजार बढी मतको अग्रता बनाएकी छन्। हालसम्मको गणनामा रेनुले ३० हजार ३९४ मत ल्याएकोमा उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार २५६ मत पाएका छन्।

गठबन्धनले रेनुलाई मेयरमा उठाएपछि कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललेल १० हजार ७२१ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ३८ हजार ८२९ मतसहित अगाडि छन् भने राप्रपाकी हिमला गुरुङ १८ हजार ८२७ मतसहितको सुदूर मतान्तरले पछ्याइरहेकी छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved