बालेनले कटाए ३३ हजार मत, स्थापित १५ हजार ५ सय मतले पछि

मत गणनामा सुरुआतदेखि अग्रता बनाएका बालेनले ३३ हजार २ सय ६० मत ल्याएका छन्। उनले १५ हजार ५ सय ६८ मतको अग्रता बनाएका छन्।

नेपालभ्युज

बालेनले कटाए ३३ हजार मत, स्थापित १५ हजार ५ सय मतले पछि

काठमाडौं। ९० हजार २ सय ९२ मत गणना गर्दा काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार मत कटाएका छन्। मत गणनामा सुरुआतदेखि अग्रता बनाएका बालेनले ३३ हजार २ सय ६० मत ल्याएका छन्। उनले १५ हजार ५ सय ६८ मतको अग्रता बनाएका छन्।

यता, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर घटाउँदै लगेकी छिन्। केशव स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत पाएका छन् ।

यता, उमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो अग्रता बनाएकी छिन्। सुनिताले २६ हजार ५ सय ७५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत प्राप्त गरेका छन्।

महानगरका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved