महालक्ष्मीको नगर प्रमुखमा गठबन्धनलाई हराउँदै एमालेका श्रेष्ठ विजयी

मेयरमा निर्वाचित श्रेष्ठले ९ हजार ३५० मत पाउँदा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरे।

नेपालभ्युज

महालक्ष्मीको नगर प्रमुखमा गठबन्धनलाई हराउँदै एमालेका श्रेष्ठ विजयी

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरमा पराजित गर्दै विजयी भएका छन्।

मेयरमा निर्वाचित श्रेष्ठले ९ हजार ३५० मत पाए। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरे।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी महर्जन निर्वाचित भएकी छन्। महर्जनको ९ हजार ५९१ मत पाउँदा एमालेकी विणा महर्जनले ८ हजार ६८३ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved