जिपको ठक्करबाट दुई जनाको मृत्यु

प्रहरीका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका बमद्वयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

नेपालभ्युज

जिपको ठक्करबाट दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

महेन्द्रनगर। पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से १ च ४४८ नम्बरको जिपले विपरीत दिशातर्फ आइरहेको म २ प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो।

प्रहरीका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका बमद्वयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

जिप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved