हेटौँडामा मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेसको जित पक्का

नेपालभ्युज

हेटौँडामा मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेसको जित पक्का

हेटौँडा। हेटौँडा उपमहानगरपालिका गठबन्धनका उम्मेदवारको जित पक्का भएको छ। झिनो मतगणना बाँकी रहँदा सुदूर मतान्तर बनाइसकेकाले मेयरमा नेकपा (एकीकृत समाजवादी) मीना लामाको जित पक्का भएको छ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँको जित सुनिश्चित भएको छ।

यहाँ कुल ७३ हजार ४ सय १४ मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ४ को करीब ४०० मत मात्र गन्न बाँकी छ। यसबीचमा नेकपा एसकी मीना र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्तप्रसाद पौडेलको मतान्तर २ हजार १०१ मतको रहेको छ।

मीनाले २१ हजार ८०२ मत पाएकोमा एमालेका पौडेलको १९ हजार ७०१ मत ल्याएका छन्।

यस्तै उपमेयरमा कांग्रेसका बानियाँ प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेभन्दा ७ हजार ३४४ मतले अगाडि छन्। हालसम्मको गणनामा बानियाँले २६ हजार ४४६ मत ल्याएकोमा काफ्लेले १९ हजार १०२ मत पाएकी छन्।

हेटौंडा उपमहानगरपालिकाको करीब ४ हजार मत गन्न बाँकी रहँदै एमालेका पौडेलले हार स्वीकार गर्दै लामालाई आज दिउँसै बधाई दिइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved