सीबीआईले थाल्यो लालु यादवका अनियमितताबारे खोजबिन

शुक्रबार बिहानदेखि बिहारका पूर्वमुख्यमन्त्री यादव, छोरी मीसा भारती र उनीसँग सम्बन्धित १७ स्थानमा खोजी पनि शुरु गरेको छ।

नेपालभ्युज

सीबीआईले थाल्यो लालु यादवका अनियमितताबारे खोजबिन

एजेन्सी। केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवविरुद्ध ‘रोजगारीका लागि जग्गा’ घोटालाका सम्बन्धमा नयाँ मुद्दा दर्ता गरेको छ।

शुक्रबार बिहान बिहारका पूर्वमुख्यमन्त्री यादव, छोरी मीसा भारती र उनीसँग सम्बन्धित १७ स्थानमा खोजी पनि शुरु गरेको छ।

खोजबिनबारे सीबीआई टोलीले टिप्पणी गर्न अस्वीकार गरे पनि यस मामिलामा जानकारहरूले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा खोजी भइरहेको र त्यो लालुप्रसादले सन् २००४ र २००९ रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमितासँग सम्बन्धित रहेको बताएका छन्।

शुक्रबार बिहान ७ बजेदेखि खोजी शुरु भएको र सीबीआईको टोली राबडीदेवीको निवासमा पुग्दा लालुकी पत्नी राबडी देवी, उनका विधायक छोरा तेजप्रताप र छोरी मीसा भारती उपस्थित रहेका भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

टोलीले गोपालगञ्जस्थित लालुप्रसादको जन्म गाउँ फुलवारियामा पनि खोजी गरेको थियो। लालुका कान्छा छोरा तथा विपक्षी दलका नेता तेजस्वी यादव हाल लण्डनमा छन्।

सीबीआईले खोजीबिन थालेको खबर फैलिएपछि ठूलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीको निवास बाहिर भेला भएर भाजपा र केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध नारा लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved