एन्फा नेतृत्वको लागि उम्मेदवारी घोषणा आजेदेखि

एन्फाको नेतृत्वको लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले उमेदवारी दिने तयारी गरेका छन्।

नेपालभ्युज

एन्फा नेतृत्वको लागि उम्मेदवारी घोषणा आजेदेखि

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आज (शुक्रबार) देखि शुरु भएको छ ।

एन्फाको केन्द्रीय निर्वाचनका लागि उम्मेदवारी दिने समय ६ दिनसम्म राखिएको छ ।

एन्फाको नेतृत्वको लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले उमेदवारी दिने तयारी गरेका छन्।

सोही विषयमा नेम्वाङले आज पत्रकार सम्मेलन गर्दैछन्। उक्त सम्मेलनबाटै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी छ।

केन्द्रीय निर्वाचन ६ असारमा हुनेछ ।

एन्फाको चुनावका लागि देशभरका ४५ जिल्लासँग मताधिकार रहेको छ।

यस्तै, ए डिभिजनका १४, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब, बी डिभिजनबाट ११ क्लब, चार संघ र सी डिभिजनका नौ क्लबसँग मताधिकार छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved