थाक्रेको अध्यक्षमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै एमालेका आचार्य विजयी

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्यले २ हजार २३९ मतान्तरसहित जित हासिल गरेका छन्।

नेपालभ्युज

थाक्रेको अध्यक्षमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै एमालेका आचार्य विजयी

धादिङ। धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालय थाक्रेका अनुसार गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्यले २ हजार २३९ मतको अन्तरमा जित हासिल गरेका छन्। गत स्थानीय चुनावमा अध्यक्ष जितेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

गाउँपालिका अध्यक्षमा आचार्यले १० हजार ३५५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका रामप्रसाद विडारीले ८ हजार ११६ मत पाए।

गाउँपालिका उपाध्यक्षमा भने एमाले पराजित भएको छ। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमाले उम्मेदवार अम्बिका रुपाखेतीलाई ३४० मतले पराजित गरे।

माओवादी केन्द्रका थापाले ९ हजार ४३१ मत पाए। एमलोकी रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिन्।

योसँगै धादिङको २ नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको अन्तिम नतिजा आएको छ।

कांग्रेसले पालिका प्रमुख ७ र उपप्रमुख ५, नेकपा माओवादी केन्द्रले पालिका प्रमुख ३ र उपप्रमुख ५, नेकपा एसले पालिका प्रमुख १ र उपप्रमुख ३ तथा नेकपा एमालेले २ पालिका प्रमुख जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved