निर्वाचन केन्द्रमा विवाद गर्नेलाई कारबाही गर्न निर्देशन दिइसकेका छौँ : आयोग

नेपालभ्युज

निर्वाचन केन्द्रमा विवाद गर्नेलाई कारबाही गर्न निर्देशन दिइसकेका छौँ :  आयोग

काठमाडौं। निर्वाचनका क्रममा निर्वाचन केन्द्रमा कानूनविपरीतका गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल निर्वाचनको क्रममा मतदान स्थलमा कानूनविपरीत गतिविधिमा संलग्न लाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए।

उनले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको बताए। आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका पौडेलले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको जानकारी दिए। जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको उनको भनाइ थियो।

यस्तै गत ३० वैशाखमा मतदानका क्रममा मतदान केन्द्रमै झडप भएपछि स्थगित भएको अछामको साँफेबगरमा ६ जेठमा मतदान हुने जानकारी उनले दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved