रौतहटको चन्द्रपुरमा एमालेलाई हराउँदै कांग्रेसले जित्यो मेयर र उपमेयर

नेपालभ्युज

रौतहटको चन्द्रपुरमा एमालेलाई हराउँदै कांग्रेसले जित्यो मेयर र उपमेयर

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले र उपमेयरमा पनि कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन्। मेयरमा काफ्लेले ९ हजार १ सय ६३ मत ल्याए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे। एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए।

नगरप्रमुखमा जितेका काफ्लेले चन्द्रपुर-५ मा वडाध्यक्ष जितेका थिए। उपप्रमुखमा नेपाली कांग्रेसकी चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भइन्। चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन्।

१० वटा रहेको चन्द्रपुरमा कांग्रेसले १, ५, ७, ८ र ९ नम्बर वडा जितेको छ। २, ३ र ६ मा भने माओवादी केन्द्र विजयी भयो। वडा नम्बर ४ र १० मा एमालेले जित्यो।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामचन्द्र चौधरीले जितेका थिए। तर यसपटक चौधरीलाई पार्टीले टिकट दिएको थिएन। टिकट नपाएपछि बागी उठेका चौधरीले ३ हजार ८ सय ४२ पाए।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved