एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच सम्झौता

नेपालभ्युज

एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच सम्झौता

काठमाडौं। एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडबीच क्यापिटलको ‘IDEA to IPO’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता भएकाे छ।

एनआईसी क्यापिटलले ‘IDEA to IPO’ सेवा अन्तर्गत कुनैपनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि IPO जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ। सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनीलाई साेही सेवा उपलब्ध गराउने सम्झौता भएको हो।

क्यापिटलले ‘IDEA to IPO’ सेवा अन्तर्गत कुनैपनि कम्पनीलाई तत्काल IPO जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको IPO जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृयामा समेत सहयाेग पुर्‍याउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved