भलिबल खेल्ने क्रममा झडप हुँदा घाइते भएका खड्काको मृत्यु, पाँच जना पक्राउ

नेपालभ्युज

भलिबल खेल्ने क्रममा झडप हुँदा घाइते भएका खड्काको मृत्यु, पाँच जना पक्राउ

सुर्खेत। जाजरकोटमा भलिबल खेल्ने क्रममा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।

३ जेठमा जुनीचाँदे गाउँपालिका–९ धडगाँउका ३६ वर्षीय रेशमबहादुर खड्कामाथि भलिबल खेल्ने क्रममा कुटपिट हुँदा उनी घाइते भएका थिए। घाइते खड्कालाई ४ गते सुर्खेत ल्याउँदै गर्दा बाटोमा नै उनकाे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, कर्णालीले जनाएको छ।

घटनामा संग्लन रहेको आरोपमा जुनीचाँदे गाउँपालिका– ९ धडगाँउका नरेन्द्र बस्नेत, जनक बस्नेत, रविन बस्नेत, प्रेमबहादुर बस्नेत र शिव बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएकाे ‍जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved