‘भारतीय प्रधानमन्त्रीकाे छेउमा निदाउने सरकारले अतिक्रमित भूभाग कसरी फिर्ता ल्याउँछ ?’

नेपालभ्युज

‘भारतीय प्रधानमन्त्रीकाे छेउमा निदाउने सरकारले अतिक्रमित भूभाग कसरी फिर्ता ल्याउँछ ?’
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍याएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको छलफलमा उनले वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण समेत नभएको टिप्पणी गरे।

नेता रावलले भने, ‘‘अर्थमन्त्रीले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकता औपचारिता पूरा गर्ने र परम्परागत किसिमका छन्। नेपाली जनता र देशले सामना गर्नु परेको समग्र राष्ट्रिय तथा आर्थिक समस्या समधानतर्फ कुनै उल्लेखिय कुरा अगाडि सारिएको छैन।’’

उनले सरकारकाे गलत नीतिका कारण नेपाल कमजोर तथा लुलो बन्दै गइरहेको बताए। पुँजीगत खर्च बढाउने र विकासको गति बढाउने सरकारले नीति ल्याएको खोइ ? उनले प्रश्न गरे। पश्चिम सेती भारतलाई दिनु गलत भएकाे उनकाे भनाइ छ।

‘‘प्रधानमन्त्री देउवाले डडलेधुराकाे चुनावी सभामा चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने भन्नुभयो। के नेपाल अब स्वतन्त्र राष्ट्रका रुपमा आफ्नो निर्णय लिन नसक्ने भयो ?’’ नेता रावलले भने, ‘‘भारतीय प्रधानमन्त्रीको छेउमा बसेर निदाउने र छट्पट गर्ने प्रधानमन्त्री भएको सरकारले कालापानी, सुस्ता जस्ता अतिक्रमित भूभागहरु कसरी फिर्ता ल्याउँछ ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved