देउवाकाे ठाडाे निर्देशनमा कुलमानले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरे : भीम रावल

नेपालभ्युज

देउवाकाे ठाडाे निर्देशनमा कुलमानले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरे : भीम रावल

काठमाडौं। नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना नै भारतसँग विद्युत सम्झौता गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा नेता रावलले अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए।

उनले सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्छ भन्ने आशा नभएको बताए। प्रधानमन्त्री देउवाले चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कूतर्क गरेको उनको आरोप छ।

‘‘भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्री देउवाको निर्देशनमा कुलमान घिसिङले राष्ट्रिय हितविपरीतको सम्झौता गर्नुभएको छ। भारतबाट ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनिरहेको प्राधिकरणले नेपालमा बिजुली बढी भएको हल्ला फैलाएर स्वदेशी नदीनाला विदेशीको हातमा सुम्पिन खोजेको छ’’, उनले भने, ‘‘अब कोशी, गण्डकीकै नियति भोग्नुपर्ने भएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved