भरतपुर महानगरपालिकामा नेकपा एसले खाता खोल्यो

नेपालभ्युज

भरतपुर महानगरपालिकामा नेकपा एसले खाता खोल्यो

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ।

वडा नम्बर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट (नेकपा एस) का राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको वडासमेत रहेको यो वडामा गठबन्धनका तर्फबाट काफ्ले विजयी भएका हुन्। मत परिणाम भने सार्वजनिक गर्न बाँकी छ।

यसअघिको स्थानीय निर्वाचनमा एमालेले यहाँ वडाध्यक्ष जितेको थियो।

मेयरमा भने सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् भने राप्रपासँगको गठबन्धन बनाएको नेकपा एमाले पनि पछि पर्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved