भारतीय कांग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले त्यागे पार्टी

पटेलको निर्णयबाट पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन्। उनले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह पनि गरेका छन्।

नेपालभ्युज

भारतीय कांग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले त्यागे पार्टी

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन्।

पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिएका हुन्।

पटेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु।’

पटेलले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, सुवेच्छुक र गुजरातका जनता खुशी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

पटेलको निर्णयबाट पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन्। उनले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह पनि गरेका छन्।

गान्धीले पार्टीका इन्चार्ज र अरु नेताहरुलाई पनि पटेलसँग छलफल गरेर उनका असन्तुष्टिहरु सम्बोधन गर्न र विमती न्यूनीकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved