हनुमाननगर कंकालिनीको मेयर जितेर सीके राउतको जनमत पार्टीले खोल्यो खाता

उपमेयरमा भने जसपाकी सरितादेवी यादव विजयी भएकी छन्। उनले ६ हजार ५१२ मत पाइन्।

नेपालभ्युज

हनुमाननगर कंकालिनीको मेयर जितेर सीके राउतको जनमत पार्टीले खोल्यो खाता

काठमाडौं। सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले स्थानीय तहमा विजयको खाता खोलेको छ। जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेर खाता खोलेको हो।

हनुमाननगर कंकालिनीमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई पारजित गर्दै जनमत पार्टीका उम्मेदवार विजयी भएका छन्। जनमतका वीरेन्द्र माझीले जसपाका शैलेशकुमार साहलाई १६१ भोटले पराजित गरेका हुन्।

माझीले ६ हजार ४०७ मतसहित जित हासिल गरे। उनका निकटतम प्रतिनिधि बनेका जसपाका साहले ६ हजार २४६ मत पाए।

उपमेयरमा भने जसपाकी सरितादेवी यादव विजयी भएकी छन्। उनले ६ हजार ५१२ मत पाइन्।

यादवकी निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रेखादेवी मण्डलले ५ हजार ९८२ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved