अमेरिकी उपमन्त्री उज्रा जिया नेपाल आउँदै

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया नेपाल आउने भएकी छिन् ।

नेपालभ्युज

अमेरिकी उपमन्त्री उज्रा जिया नेपाल आउँदै

काठमाडौं। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया नेपाल आउने भएकी छिन् ।

उनी तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी हुन्। नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट एकपछि अर्को माथिल्लो तहको भ्रमण हुने क्रममा जिया पनि आउन लागेकी हुन्।

अमेरिकाले नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आएको छ । तर एक चीन नीतिमा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ । यस्तो अवस्थामा अमेरिकी उपमन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

उक्त भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयले भने कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन। परराष्ट्र स्रोतका अनुसार उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछिन्।

नेपाल सरकारले आफ्नो भूमिमा चीनविरोधी गतिविधिलाई रोक्दै आएको छ । नेपाल सरकारले आफ्नो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता निरन्तर गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved