झापाको कनकाई नगरप्रमुखमा दोहोरिए एमालेका राजेन्द्र पोखरेल

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत प्राप्त गरे।

नेपालभ्युज

झापाको कनकाई नगरप्रमुखमा दोहोरिए एमालेका राजेन्द्र पोखरेल

झापा। झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल निर्वाचित भएका छन्। पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत प्राप्त गरे।

स्वतन्त्रबाट उम्मेदवार बनेका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गरे।

यसैगरी, नेपाली कांग्रेसकी आशा शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरिन्। मञ्जु यसअघि नगर उपप्रमुख थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved