भरतपुरमा रेनु दाहालले लिइन् ११ सय मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा २५ हजार ३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिइरहेकी छन्।

नेपालभ्युज

भरतपुरमा रेनु दाहालले लिइन् ११ सय मतको अग्रता

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा २५ हजार ३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिइरहेकी छन्।

पछिल्लो मतगणना अनुसार अहिलेसम्म दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।

उपमेयरमा पनि गठबन्धन नै अघि छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १०७७४ मत ल्याएर अग्रस्थानमा छन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved