भरतपुरमा रेनुले अग्रता बढाइन्

नेपालभ्युज

भरतपुरमा रेनुले अग्रता बढाइन्

चितवन। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्।

नेकपा एमालेका विजय सुवेदीभन्दा उनले ५ सय ४ मत बढी प्राप्त गरेकी छन्।

रेनुले पछिल्लो मतपरिणामअनुसार ७७१४ मत प्राप्त गर्दा सुवेदीले ७२१० मत पाएका छन्। त्यस्तै भुइँकटहर चुनाव चिह्नका जगन्नाथ पौडेले पनि मत बढाइरहेका छन्। उनले ३६९२ मत प्राप्त गर्न सफल भएका छन्।

यस्तै उपमेयरमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी सबैभन्दा अगाडि यथावत् छन्। उनले ९ हजार ३ सय १६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५९६५ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved