तिलोत्तमामा धाँधली गरी एमालेको मत बढाएको भन्दै दलहरू आन्दोलित

तिलोत्तमाका मेयर वासुदेव घिमिरेले गणकमार्फत कांग्रेसको १४१ मतलाई ११४ र एमालेको १६९ मत आएकोलाई १९६ बनाएर अभिलेख राखी धाँधली गरेको आरोप दलहरूको छ। निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले अभिलेखमा त्रुटि भएको स्वीकार्दै दलहरूसँग छलफल भइरहेको बताए।

नेपालभ्युज

तिलोत्तमामा धाँधली गरी एमालेको मत बढाएको भन्दै दलहरू आन्दोलित

बुटवल। रूपन्देहीका तिलोत्तमा नगरपालिकामा मत गणनाका क्रममा गणकहरूले धाँधली गरेको भन्दै नेपाली कांग्रेससहित अन्य दलहरूले पुन: मतगणनाको माग गरेको छ। गणकले धाँधली गरी नेकपा एमालेको मत बढाएको भन्दै अन्य दलका प्रतिनिधिले पुन: मतगणनाको माग गरेका हुन्।

वडा नम्बर १६ को मतगणनाका क्रममा गणकले आफ्नो मत घटाएर एमालेको बढाएको आरोप दलहरूको छ। पाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रि जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त पत्रकार सम्मेलन गरी पुनः मत गणनाको माग गरेका छन्। उनीहरूले नगरपालिकाका गणकलाई हटाएर नेपाल सरकारका निजामति कर्मचारीबाट गणना गर्नुपर्ने माग गरेका छन्।

विवादपछि मतगणना स्थगित भएको छ। तिलोत्तमाका मेयर वासुदेव घिमिरेले नगरपालिकाका कर्मचारीमार्फत कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ र एमाले उम्मेदवारको १६९ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको आरोप दलहरूको छ।

निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले अभिलेखमा त्रुटि भएको स्वीकार्दै दलहरूसँग छलफल भइरहेको बताएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved