एमालेको अवरोध हटेपछि प्रतिनिधि सभामा ८ विधेयक पेस

नेपालभ्युज

एमालेको अवरोध हटेपछि प्रतिनिधि सभामा ८ विधेयक पेस
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ।

मंगलबारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन्।

प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गरेका छन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरिन्।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्ध ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरे।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रस्ताव पेस गरिन्। उक्त प्रस्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए।

नियम निलम्बनको प्रस्तावमा जेठ ४ गते (भोलि) प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताए। संसद‍्को अर्को बैठक भोलि (बुधवार) दिउँसो १ बजे बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved