एमालेको अवरोधबीच राष्ट्रियसभा सञ्चालन

नेपालभ्युज

एमालेको अवरोधबीच राष्ट्रियसभा सञ्चालन

काठमाडौं। नेकपा (एमाले) को विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन भएको छ।

बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदहरूले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए।

सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरूले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरूको विरोध जारी नै रहेको सदनमा जानकारी गराएका थिए। उनले सरकारले सदन सञ्चालनमा रुचि नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटकपटकको आग्रहपछि पनि एमालेका सांसदहरूले उभिएर विरोध नै जनाइरहेपछि उनले कार्यसूचीलाई अघि बढाएका थिए।

राष्ट्रियसभाको आजको बैठकको लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति ज्यान उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो। बैठकको शुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved