दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

नगर प्रमुखमा विजयी भएका जिरेलले २ हजार ९४९ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाल २ हजार ६९२ मत प्राप्त गरे।

नेपालभ्युज

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

दोलखा। जिरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ। अन्तिम मत परिणामअनुसार नगर प्रमुखमा एमालेका मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित भएका छन्।

नगर प्रमुखमा विजयी भएका जिरेलले २ हजार ९४९ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाल २ हजार ६९२ मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुखमा एमालेकी बुढाथोकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तेज बहादुर तामाङलाई ३१४ मतको अन्तरले पराजित गर्दै विजयी भइन्। बुढाथोकीले ३ हजार ४३४ मत पाउँदा पराजित तामाङले ३ हजार १२० मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved