धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी

अध्यक्षमा खतिवडाले ७ हजार ३०९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत ल्याएका छन्।

नेपालभ्युज

धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी

धादिङ। धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा र उपाध्यक्षमा गठबन्धनतर्फ कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन्।

अध्यक्षमा खतिवडाले ७ हजार ३०९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत ल्याएका छन्। श्रेष्ठ २०७४ को निर्वाचनमा एमालेबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा कांग्रेसका तिवारीले ७ हजार ४९४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी एमालेका राधा लामिछानेले ७ हजार ०४८ मत ल्याएकी छन्। उनी निवर्तमान उपाध्यक्ष हुन्।

गाउँपालिकाको आठ वडामध्ये तीन वडामा एमाले, तीन वडामा कांग्रेस र दूई वडामा माओवादी वडाध्यक्षमा विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved