पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी

नेपालभ्युज

पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी

सुर्खेत। जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहोरा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की जुनमाया राेकाया विजयी भएका छन्।

अध्यक्षमा कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिबहादुर बुढाले दुई हजार ६६८ मत पाएका छन्।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया राेकायाले दुई हजार ७२५ मत ल्याएर निर्वाचित भएकी हुन्। कांग्रेसकी शान्ति बुढा दुई हजार ४६३ मत ल्याएर पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved