सल्यानमा माओवादीसँग एमालेका जिल्ला अध्यक्ष पराजित

नेपालभ्युज

सल्यानमा माओवादीसँग एमालेका जिल्ला अध्यक्ष पराजित

सुर्खेत। सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे मेयरका उम्मेदवार एमालेका जिल्ला अध्यक्ष गोविन्दबहादुर पुन पराजित भएका छन्।

माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीसँग दुई हजार ७ सय ४६ मतान्तरले गोविन्दबहादुर पुन नगरपालिका प्रमुखमा पराजित भएका हुन्। बुढाथोकीले सात हजार चार सय ६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुनले चार हजार सात सय २० मत ल्याए।

नगरपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य विजयी भएका छन्। कांग्रेसबाटै बागी उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई एक हजार पाँच सय ५५ मतले पछि पार्दै आचार्य विजयी भएका हुन्।

आचार्यले पाँच हजार सात सय ३५ मत प्राप्त गर्दा बागी उमेदवार विष्टले चार हजार एक सय ८० मत पाएका छन्। कुपिण्डे नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved