सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी विजयी

नेपालभ्युज

सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी विजयी

सिन्धुपाल्चोक। बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन्। चार हजार ६६६ मत प्राप्त गरी उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। उनले चार हजार ३९४ मत ल्याएर विजयी भए।

जिल्लाको हेलम्बु गाउँपालिकमा कांग्रेस विजयी भएको छ। जारी मतगणनामा पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोशी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अगाडि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved