भतरपुरमा मतगणना रोकियो

नेपालभ्युज

भतरपुरमा मतगणना रोकियो

भरतपुर । भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ। एकै चुनाव चिह्नमा दुई वटामा स्वस्तिक छाप परेपछि मतगणना रोकिएको छ। सदर गर्ने कि बदर गर्ने विषयमा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको हो।

दुई चोटि एकै ठाउँमा स्वस्तिक छाप परेको ठाउँलाई गणना गर्ने कि नगर्ने विषयमा विवाद भएको थियो। यो विषयलाई निर्क्योल नगरी मतगणना हुने अवस्था छैन।

पछिल्लो मतरिणाअनुसार भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता लिएकी छन्। हालसम्म १६ हजार २ सय ३३ मतगणना हुँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनुले ५ हजार ४ सय १२ मत ल्याएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले ५ हजार ३ सय ९७ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ५ सय ९१ मत ल्याएका छन्।

कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएका छन्। उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमाले प्रतिनिधिले होहल्ला गरेका छन्।

अहिले सहमतिको प्रयास भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved