विवेकशीलको पक्षमा नतिजा नआएपछि रवीन्द्र मिश्र भन्छन्– टुटफुटको असर देखियो

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले टुटफुटकै कारण स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट भएको बताएका हुन्। 

नेपालभ्युज

विवेकशीलको पक्षमा नतिजा नआएपछि रवीन्द्र मिश्र भन्छन्– टुटफुटको असर देखियो

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले टुटफुटकै कारण स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट भएको बताएका हुन्।

‘‘गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौँ। त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘साथसाथै, पार्टीमा हामीले टुटफुटलगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि बेहोर्नुप¥यो। हाम्रो जस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ।’’

मिश्रले निर्मम समीक्षा र निर्णय गर्नुपर्ने बेलाएको पनि बताएका छन्। ‘‘वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छै । यो हाम्रो प्रतिबद्धता हो,’’ उनले भनेका छन्, ‘‘गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ। ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved