गगन र शंकरबीच दोहोरी

नेपालभ्युज

गगन र शंकरबीच दोहोरी

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेकपा एमाले वृत्तबाट केही क्रिया भयो भने त्यसको प्रतिक्रिया गर्न तम्सिइहाल्छन्।

खासगरी एमाले अध्यक्ष केपी शर्माा ओलीसंगै बेलाबखत उनको दोहोरी चल्ने गर्छ। चुनावी घोषणापत्र सार्वजनिक भएपछि ओलीले एमालेको घोषणापत्र चोरेको आरोप लगाएपछि उनले ओलीलाई बालकोट गएरै ट्यूसन पढाइदिने प्रस्ताव राखे।

ओलीले प्रत्यूत्तरमा ‘ट्यूसन सेन्टर खोल्न आउने हो भने बोलकोटमा मिलाइदिन्छु’ भने। यस्ता थुप्रै किस्सा छन्, गगन थापा र ओलीबीच घोचपेचका।

आइतबार (आज) भने महामन्त्री थापा र महासचिव पोखरेलबीच छेडखानी चलेको छ। पोखरेलले प्रेस विज्ञप्ति जारी गरेर सत्ता गठबन्धनले स्थानीय निर्वाचन जित्नका लागि धाँधलीको सहारा लिएको आरोप लगाए।

“स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ,” महासचिव पोखरेलले आरोप लगाए, “यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ।”

प्रत्यूत्तरमा सामाजिक सञ्जालमा गगनले लेखे, ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।”

पोखरेलले सामाजिक सञ्जालबाटै फेरि जवाफ फर्काए, सत्ताको चरम दुरुपयोगका बाबजुत एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ। धाधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved