हेटौँडा उपमहानगरमा राप्रपाका सिंहले लिए अग्रता

नेपालभ्युज

हेटौँडा उपमहानगरमा राप्रपाका सिंहले लिए अग्रता

हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता बनाएका छन्। ९ हजार २९ मत गन्दा राप्रपाले अग्रता लिएको छ।

राप्रपाका सिंहले २ हजार ७ सय १० मत ल्याएका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २ हजार ६ सय ६९ मत प्राप्त गरेकी छिन्। राप्रपाले हेटौंडा वडा नम्बर १ मा मेयरमा ९ सय ९७ मत सहित पहिलो स्थान ल्याएको थियो। वडा नम्बर २ मा पनि राप्रपाको अग्रता कायम छ।

राप्रपाको उम्मेदवारले हेटौंडा–२ मा एमाले र गठबन्धनले भन्दा बढी मत ल्याएको छ। हेटौंडा २ मा १ हजार ६ सय ३१ मत गन्दा राप्रपाले ८४४ मत ल्याएको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका अनन्त पौडेलले २ हजार ४ सय ३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३ हजार ९ सय ८२ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार १६ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन्।

राप्रपाकी उम्मेदवार ईन्दिरा न्यौपाने डल्लाकोटी ८ सय ३ मत ल्याएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved