स्थानीय निर्वाचनका १२ रोचक मत परिणाम

यतिबेला देश निर्वाचन केन्द्रित छ। अधिकांश स्थानमा मतगणना जारी रहँदा केही पालिकाको परिणाम पनि आइसकेको छ। तर केही पालिकामा रोचक परिणाम पनि आएको छ। आउनुहोस्, चर्चा गरौँ।

नेपालभ्युज

स्थानीय निर्वाचनका १२ रोचक मत परिणाम

काठमाडौं।  यतिबेला देशको नजर निर्वाचनतर्फ केन्द्रित छ। ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतगणना जारी छ। केही गाउँपालिकाको नतिजा सार्वजनिक पनि भइसकेको छ। सम्पन्न भइसकेका र गणना भइरहेका केही स्थानमा रोचक परिणाम पनि देखिएको छ। आउनुहोस्, स्थानीय निर्वाचनका केही रोचक परिणामबारे यहाँ चर्चा गरौँ।

१) सबै उम्मेदवारको बराबर मत

कैलालीको भजनी नगरपालिकाको एक वडामा रोचक मतपरिणाम सार्वजनिक भएको छ। नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा प्रमुख चार पार्टीका सबै उम्मेदवारले बराबर मत ल्याएका छन्।

जहाँ सबै दलका उम्मेदवारहरुले सबै पदमा उस्ताउस्तै मत ल्याएको परिणाम सार्वजनिक भएको छ। नगरपालिकाको मेयरमा लिड गरिरहेको नागरिक उनमुक्ति पार्टीका सबै उम्मेदवारले ४३२ मत पाएका छन्। उक्त पार्टीका सबै पदका उम्मेदवारले समान मत प्राप्त गरेका हुन्।

यस्तै दोस्रोमा रहेको माओवादी केन्द्रका पनि सबै पदका उम्मेदवारले समान २२२/२२२ मत पाएका छन् भने एमालेका सबै उम्मेदवारले १३६/१३६ मत पाएका छन्। त्यस्तै जनता समाजवादीका पनि सबै उम्मेदवारले समान मत पाएका छन्। जसपाका सबै उम्मेदवारले १५४/१५४ मत प्राप्त गरेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। उनीहरूबीच जित हारका लागि दुई मतको मात्र अन्तर भयो।

२) देउवाको वडामा कांग्रेस पराजित

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पराजित भएका छन्। देउवाको वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्। तर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ।

३) उपमेयरमा राप्रपा उम्मेदवारको १ मत मात्र

मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्। उक्त गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार राप्रपाका ज्यामयाङ टासी गुरुङले जम्मा एक मत पाएका छन्।

४) एक मतको जित हार

काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्। थिङले एमालेका आशाराम गोलेलाई १ भोटले हराएका हुन्।

उता कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले पनि आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी भएका छन्। रेशमराजले माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी भएका हुन्।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव (भोरिल)ले १ मतको मतान्तरले विजयी भएका छन्। ७२७ मत ल्याएका उनले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंह कोइरीलाई पराजित गरेका हुन्।

५) भाइलाई हराउँदै दाजु वडाध्यक्षमा निर्वाचित

इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरी निर्वाचित भएका हुन्। मनोहरीले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।

६) गोला थुतेर वडाध्यक्षमा विजयी

सिन्धुपाल्चोकको बलेफी– २ मा गोलाप्रथाबाट कांग्रेस उम्मेदवार छवि न्यौपानेले वडा अध्यक्ष जितेका छन्। माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेका दुवैलाई ४९५ मत बराबर आएको थियो।

यता रोल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच दुवैलाई ५४३ मत आएपछि गोलाप्रथा गरिएको छ। दुवै उम्मेदवारले ५४३÷५४३ मत प्राप्त गरेका थिए। त्यसपछि गोलाप्रथा गर्दा प्रकाश डाँगी विजयी भएका छन्।

७) वडामा सबै स्वतन्त्र विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। स्वतन्त्र रूपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत ल्याएका छन्। अरू चार जना सदस्यमा पनि स्वतन्त्र नै निर्वाचित भएका छन्।

८) पाँच दललाई हराए स्वतन्त्रले

कांग्रेसमा विद्रोह गरेर बागी उठेका ललितपुर महानगरपालिका– १ को अध्यक्षमा निर्मल तण्डुकारले गठबन्धनलाई हराएका छन्। स्वतन्त्र उम्मेदवार तण्डुकारले पाँच दलीय गठबन्धनलाई ६६१ मत ल्याएर पराजित गरेका हुन्।

९) सांसद तथा पूर्वमन्त्रीका पति वडा सदस्यमै पराजित

नेकपा एमालेकी सचिव, सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१ मा एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका पौडेल ४६७ मतले कांग्रेस उम्मेदवारसँग हारेका हुन्।

१०) दोहो¥याएर मत गणना गर्दा हार

सिन्धुपाल्चोको जुगल २ मा आफ्नो मत अझ धेरै आउनुपर्ने भन्दै अग्रता लिइराखेका उम्मेदवारले नै विवाद शुरु गरे। उनी थिए माओवादीका उम्मेदवार प्रताप लामा । उनले आपत्ति जनाएपछि आधा गणना सकिएको मत फेरि गन्न थालियो। दोस्रोपटक गणना गर्दा भने एमालेका उम्मेदवार चन्द्रकाजी लामाले धेरै मत पाए। यसरी गणना गर्दा लामाले ९ मत बढी पाएर विजयी भए।

११) प्यानलकै समान मत

कैलालीको भजनी नगरपालिका रेसम चौधरीले नेतृत्व गरेको पार्टी नागरिक उन्मुक्तिले समान मत पाएको छ। सर्वाधिक मत पाएको सो दलले सातै पदमा एउटै मत छ। उनीहरू सबैले ४३२ मत पाएका छन्। दोस्रोमा माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्र उपप्रमुख बाहेक ६ पदमा उम्मेदवारी दर्ता गरेको थियो। ती सबै पदमा पनि समान २२२ मत प्राप्त भएको छ। यो मत परिणाम ९४४ मत गणना गर्दा सम्मको थियो।

१२) दुई मतले गाउँपालिका अध्यक्षमा हार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved