खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

पाँच वडा रहेको खुम्बु पासाङल्हामुमा २, ३, ४ र ५ मा एमालेले जितेको छ भने १ नम्बर वडामा कांग्रेस विजयी भएको छ।

नेपालभ्युज

खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

काठमाडौं। नेकपा एमालेले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ।

पालिका अध्यक्षमा एमालेका मिङ्माछिरी शेर्पा निर्वाचित भएका छन्। उनले २ हजार २८ मत पाए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले १ हजार ६०९ मत पाए।

उपाध्यक्षमा पनि एमालेकै टासील्हामु शेर्पा निर्वाचित भएकी छन्। उनले २ हजार २३ मत पाइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापा मगरले १ हजार ६८२ मत पाइन्।

कूल पाँच वडा रहेको खुम्बु पासाङल्हामुमा २, ३, ४ र ५ मा एमालेले जितेको छ भने १ नम्बर वडामा कांग्रेस विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved