मोरङको रङ्गेलीमा तनाव, मतगणना स्थगन

नेपालभ्युज

मोरङको रङ्गेलीमा तनाव, मतगणना स्थगन

विराटनगर। मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणना रोकिएको छ।

नेपाली काँग्रेसबाट वडा नं. ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादका कारण मतगणना रोकिएको हो। मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै उनले होहल्ला र विवाद गरेपछि मतगणना कार्य रोकिएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार मतदान स्थलमा राखिएको मतपेटिका पहिलादेखि नै खुुल्ला रहेको भन्दै वडाध्यक्ष उम्मेदवार दोर्जेले मतगणना रोकेका हुन्।

रङ्गेली वडा नं . ७ मा बिहानदेखि मतगणना जारी रहेको थियो। हाल अवस्था असामान्य बनेपछि मतगणना स्थलमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved