धनगढी उपमहानगरपालिकामा स्वतन्त्र हमालको अग्रता कायमै

नेपालभ्युज

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र हमालको अग्रता कायमै

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।

१ हजार १४३ मतगणना हुँदा हमालले ५२४ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३३७, नेकपा एमालेका रणबहादुर चन्दले ४९ मत पाएका छन्। मतगणना शनिबार साढे १२ बजेदेखि शुरु भएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना शुरु गरिएको हो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved