सभागृहअगाडि नारा : ‘सागर, बसन्ते,किस्ने – बालेनले हो जित्ने’

नेपालभ्युज

सभागृहअगाडि नारा : ‘सागर, बसन्ते,किस्ने – बालेनले हो जित्ने’

काठमाडौं। केही समयअघि म्यादी प्रहरीको ड्रेस लगाएका एक किशोर भाइरल भए। म्यादी प्रहरीको ड्रेस लगाएर उनले बनाएको भिडिओ भाइरल भयो। उनलाई पोशाक दुरुपयोग गरेको भन्दै प्रहरीले केही दिन नियन्त्रणमा लिई सम्झाइ बुझाइ छाड्यो।

तर उनले ‘सागर, बसन्ते, किस्ने’ भन्दै बनाएको भिडिओ मात्रै नभएर उनको लबज पनि यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सोही शब्दमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहका समर्थकहरूले मतगणना स्थलमा नारा लगाएका छन्।

राष्ट्रिय सभागृहमा मतगणना जारी रहँदा बाहिर उनका समर्थकहरूले नारा लगाएका हुन्।

प्रारम्भिक मतगणनामा बालेन शाहले अहिले अग्रता लिइरहेका छन्। अहिलेसम्मको गणनामा काठमाडौं महानगरमा तीन सय मतसहित बालेन अगाडि छन्। बालेनलाई पछ्याइरहेका केशव स्थापतिले १५१ भोट पाएकोमा सिर्जना सिंहले ११७ भोट पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved