दैलेखको महाबु गाउँपालिका–१ मा एमालेको प्यानलै विजय

नेपालभ्युज

दैलेखको महाबु गाउँपालिका–१ मा एमालेको प्यानलै विजय

सुर्खेत। दैलेखकाे महाबु गाउँपालिका वडा नम्बर १ मा एमालेका सर्वराज सार्की विजयी भएका छन्।

नेता सार्की ६९२ मतसहित विजयी भएका हुन्। वडाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएका छन्।

खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन्।

महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन्।

गाउँपालिका अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ। एमालेले ७३०, कांग्रेसले ३५३ मत ल्याएको छ। उपाध्यक्षमा एमाले ७०४ र कांग्रेस ५७६ मत ल्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved